मृतक निर्मला पन्तको आज जन्म दिन ,पन्तकी आमा रुदै मिडियामा – जन्म दिनको शुभकामना दिन पाईन !

  • प्रकाशित मिति: बुधबार, मंसिर २६ २०७५
  • तामाकोशी

कन्चनपुर, बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको जन्मदिनको अवसर पारेर उनको आत्माको शान्तिको कामना गर्दै जिल्ला प्रशासन कार्यालय कन्चनपुरअगाडि यज्ञ गरिएको छ । नागरिक संघर्ष समितिको पूर्वघोषित कार्यक्रमअनुसार पीडित परिवार र समितिले बुधबार यज्ञ गरेका हुन् ।

निर्मलाको न्यायका लागि ३२ दिनदेखि धर्नामा बस्दा पनि सरकारले दोषी पहिचान गर्न नसकेकाले सरकारको आँखा खोल्न यज्ञ गरिएको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताइन् । संघर्ष समितिकी संयोजक मीना भण्डारीले सरकारले घटनामा संलग्न भन्दै पटक–पटक निर्दोष व्यक्तिलाई दुःख दिने गरेको आरोप लगाइन् ।



संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई यज्ञको प्रसाद पठाएको छ । निर्मला हत्याकान्डको १४० दिन बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन ।