सुनसरी : भारतसँग सीमा जोडिएको सुनसरीको कोशी गाउँपालिकामा प्रहरी कार्वाहीमा एकजनाको मृत्यु भएको छ । कोशी गाउँपालिका ७ मा हतियारधारी समूहलाई नियन्त्रणमा लिन पुगेको प्रहरी उपर फायरिङ भएपछि जवाफी कार्वाहीमा प्रहरीले अवस्था नियन्त्रणमा लिन १० राउण्ड गोली चलाएको छ । सुनसरी प्रहरीले दिएका जानकारी अनुसार रातीको समयमा सूराकीका आधारमा सीमा क्षेत्रमा निगरानी बढाइको थियो । भारतबाट नेपाल प्रवेश गर्दै गरेको समूहलाई सोधपुछका क्रममा रोक्न खोज्दा प्रहरीमाथि गोली प्रहार भएपछि जबाफी कार्वाही गरिएको सुनसरी प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिनुभयो ।
५ जनाको समूहमा रहेको समूहले प्रहरी माथि गोलि प्रहार गर्दै भाग्ने प्रयास गरेपछि जवाफी कार्वाहीमा उत्रिएको प्रहरीले चलाएको गोली लागि अन्दाजी ३५ वर्षिय पुरुषको घटनास्थलमा ज्यान गएको छ । मृतकको शव धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मृतकको अहिले सम्म पहिचान भने खुल्ःन सकेको छैन् । दोहोरो गोली हानाहान भएकाले हतियारधारी समूहबाट कति राउण्ड गोली चलेको भन्ने विषय यकिन भैसकेको छ्रैन् । घटनास्थलबाट प्रहरीले लोड गरिएको दुईवटा पेस्तोल र ५ थान गोली समेत समेत बरामद गरेको जनाएको छ । गोलीलागि हतियारधारी समूह घाइते भएको हुन सक्ने अनुमान गरेको प्रहरीले रातीबाट नेपाल भारत सीमामा सर्च अप्रेशन जारी राखेको सुनसरीका प्रहरीले जनाएको छ । टुडे खबरबाट साभार