रामेछाप । मंसिर २४ गते,
जिल्ला समन्वय समिति रामेछापको तेस्रो जिल्ला सभा एवं प्रथम वार्षिक समिक्षा कार्यक्रम आइतबारबाट मन्थलीमा सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रम व्यवस्थापिका संसदका रामेछापबाट निर्वाचित संसद सदस्य श्यामकुरमा श्रेष्ठले उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै श्रेष्ठले वर्तमान सरकारले धेरै सकारात्म कामको सूरुवात गरेकोले त्यसलाई साथ दिन आग्रह गरे । उनले सरकारले प्रतिपक्षलाई समेत संगैलिएर जाने भएकाले प्रतिपक्षलाई कसैको लहलहैमा नलाग्न आग्रह गरे । लोकतन्त्र वा गणतन्त्र विफल हुन्छ भन्ने हल्ला हिजोका प्रतिक्रियावादीहरुले चलाएकोले त्यो सफल नहुने उनले बताए ।
कार्यक्रममा प्रदेशनं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुँगेलले प्रदेश सरकाले सकारात्मक र योजनावद्ध विकासका काममा जतिपनि बजेट पठाउन सक्ने बताए ।
सभामा प्रदेश नं ३ का सांसद शान्तिप्रसाद पौडेल, संविधानसभाका पूर्वसभाषद तारानारायण श्रेष्ठ, नेकपाका नेता आनन्द श्रेष्ठ, नेपाली काँग्रेसका सभापति लवश्री न्यौपाने लगायतले बोलेका थिए ।
जिल्ला समन्व्य समितिका उपप्रमुख तथा सदस्यहरु, नगर र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी लागायत विषयगत कार्यालयका प्रमुख तथा सबै पालिकाका प्रमुख प्रशाकिया अधिकृतहरु तथा विकासका साझेदार संस्थाहरुको सहभागित रहेको सो कार्यक्रममा जिल्ला समन्वय समितिका समन्वय अधिकारी राजेन्द्र केसीले जिल्ला समन्वय समितिको कार्यक्रम सममेत प्रस्तुत गरेका छन् ।
समिक्षा कार्यक्रम अन्तर्गत सोमबार विकासका साझेदार निकायहरुका कार्यमहरुको प्रस्तुती र छलफ गर्ने कार्यक्रम रहेको छ ।
जिल्ला समन्वय समिति रामेछापको तेस्रो जिल्ला सभा सुरु
- प्रकाशित मिति: सोमबार, मंसिर २४ २०७५
- तामाकोशी