फेरी आयो अर्को दुखद खबर : निर्मलाका बलात्कारी र हत्यारा पक्राउ नपर्दै वर्षीय बालिकालाई चाउचाउ दिदै गरे बलत्कार

  • प्रकाशित मिति: आइतबार, मंसिर २३ २०७५
  • तामाकोशी

रुपन्देही ( पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा देवदह–७ का जीवन खत्रीलाई आज पक्राउ गरेको हो । घर अगाडि खेल्दै गरेको अवस्थामा बालिकालाई चाउचाउ दिएर ललाइफकाई नजिकैको टहरामा लगेर खत्रीले जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिनुभयो । खत्रीसँगै अन्य पाँच जनालाईसमेत प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान क्रममा पक्राउ परेका दुई युवकको डीएनए रिपोर्ट केही समय भित्रै आउन सक्ने नेपाल प्रहरीले जनाएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै अगाडि कसुर स्वीकार गरेको दाबी गरिएका प्रदीप रावल र स्थानीय विशाल चौधरीको डीएनए रिपोर्ट केही समय भित्रै आउन सक्ने प्रहरी स्रोतले जनाएको हो ।



घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसनधान ब्यूरो ९सीआईबी० स्रोतले भन्यो, ‘सम्भवतः आजै साँझसम्ममा रिपोर्ट आइसक्छ । चेन अफ कस्टडी मेन्टेन गर्नका लागि कञ्चनपुरमै लगेर खोल्नु पर्ने हुन्छ । तर, त्यहाँबाट अनुमति लिएर यहीँ खोल्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ ।’