एरपोर्टमा झर्दा-झर्दै आइडल २ टप ४ का सुमित पाठकले अस्मिता अधिकारीलाई देखाए यस्तो लाजमर्दो हर्कत,हेर्नुहोस भिडियो

  • प्रकाशित मिति: आइतबार, मंसिर २३ २०७५
  • तामाकोशी

चर्चित रियालिटि सो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेका झापाका सुमित पाठक र अस्मिता अधिकारीलाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ । नेपाल आइडलको टप–४ मा पर्न सफल सुमित पाठक र अस्मिता अधिकारी शनिबार गृह जिल्ला झापा आएका हुन् । दिउँसो १२ बजे भद्रपुर विमानस्थलमा उत्रिएका सुमित र अस्मितालाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो । उनिहरुको स्वागतमा ठूलो संख्यामा शुभचिन्तक तथा आफन्तहरु विमानस्थल पुगेका थिए । हातमा फूलमाला बोकेर लामबद्ध लागेका शुभचिन्तकहरुले उनिहरुको स्वागत गरेका थिए ।

कलाकारमा धैर्य, सँयम, प्रेम र स्नेह पनि हुनुपर्छ । नेपाल आइडलका जजहरु आइडलका प्रतिश्पर्धीविच सहिष्णुता र सौहार्दता भएको डम्फु पिटने गर्छन् । तर, झापामा सुमीत पाठकले देखाएको बिलकुल घटिया ब्यवहारबाट आइडललको जजहरुकै मुखमा कालो पोतिएको छ ।



एउटै क्षेत्रका दिदी भाइजस्ता प्रतिश्पर्धी हुन, सुमीत र अस्मीता । विचरी अस्मती मेसो नपाएर सुमीतका समर्थकहरुले ल्याएको गाडीमा चढेकी रहीछन् । अनि त सुमीत ब्रोको पारो तातेछ । झोँक्कीएर रिसाउँदै मुर्मरीदै यो के पारा हो भन्दै कराएछन् । विचरी अस्मीतालाई अर्को गाडीमा राखेर पठाइएछ । गाडीको अभाव त थिएन नी, तर सानो गाडीको निहुँमा धैर्य गुमाउने र आक्रोशीत हुने सुमीतको यो अँहकार गायनका लागि उचित छैन । उनले आफ्नै क्षेत्रका चेलीमाथि घोर अन्याय गरेका छन् ।

अतः सुमीतको यो पुरुष दम्भविरुद्ध एक त आइडलका जजहरुले आगामी कार्यक्रममा क्लीयर गर्नुपर्छ, हैन भने यस्ता सोमत नभएका कलाकारको प्रशँसा गरेर हेर्न हामी बाध्य छैनौं । र, सम्पूर्ण पूर्वका दर्शकलाई अस्मीतालाई भोट गर्न आग्रह गर्छुृ र विशेष गरी महिलाहरुलाई ।