पछिल्लो केही महिना यता कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त को बलात्कार पछि हत्या भएको घटनाले वास्तविक दोषी भेट्न नसक्दा अनेकौं किसिममा उतारचढाब तथा राजनितिक महोलहरुको समेत सामना गर्नु पर्यो। त्यसो त प्रहरी प्रशासनको मात्रा होइन सिंगो सडक देखि सदनसम्म यस विषयमा विभिन्न बहसहरु भए । समाजिक संजाल र छापा मिडियामा पनि यो विषयले अझै ठाँऊ लिइरहेको छ ।
यो काण्डको वास्तविक दोषी पत्ता लगाउने क्रम जारी ररिरहँदा निर्मला पन्तकै छिमेकी प्रदीप रावल पक्राऊ परे । उनले हत्यामा संलग्न रहेको साविती बयान समेत दिएका छन्। केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीसँग हत्या स्वीकार गरेका हुन्।
रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन्। घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ। रावलसँगको बयानपछि कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरि काठमाण्डौं ल्याइएकोमा एक जनाको भने संग्लनता नदेखिएको प्रहरीको भनाई छ । यसै सन्दर्भम अभिव्यक्तहरुले प्रहरीसामू दिएको सनसनपूर्ण बयान भने यस्तो रहेको छ .. हेर्नुहोस् यो भिडियोमा…