जनकपूरको सिमा नजिकै सितामगढीमा एक युवकको अन्य मानिसहरुको कुटाइबाट ज्यान गएको छ । आइतबार बिहान मोटरसाइकलमा गइरहेका एक युवकलाई घेरेर कुटपिट गरेपछि सिकिस्त भएका युवकको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई २ सय भन्दा बढी मानिसहरुको भिडमा कुेटपिट गरिएको थियो ।
उनलाई मानिसहरुको भिडमा रहेका केही युवाहरुले बोल्न र हलचल गर्न नसक्ने हुँदा सम्म कुटेका थिए । युवकले भिडमा रुदै कराउँदै आफु चोर नरहेको भन्दै हार गुहार गरेर आफ्नो नाम ठेगाना भन्दा पनि उनलाई कुटपिट गर्ने भिडले नसुनेनन् । अनन्त उनको त्यहि पिटाएबाट ज्यानै गयो ।
मृतक युवा सीतामढीका २२ वर्षिय रुपेश कुमार झा हुन् । घटना भएको थाहा पाएपछि घटनास्थल पुगेको प्रहरीले उनलाई बचाउनको लागि अस्पतालमा भर्ना गर्यो तर उपचार हुन नसकेपछि रुपेश झा को आइताबार साँझ मृत्यु भएको छ । घटनाका बेला रुपेशको बाइकमा अन्य २ जना साथी पनि रहेको र उनको २ जना साथी मध्ये पिकअप भ्यानका ड्राइभरसँग उनीहरुको विवाद भएको थियो । दुई पक्षको विवादमा रुपेश कुटिएका हुन् ।
ड्राइभरले आफु जोगिनको लागि चोर चोर भन्दै चिच्याउँदै भागेपछि त्यहाँ रहेका रुपेश कुटिएका हुन् । २ घण्टा सम्म निरन्तर कुटिएका रुपेशको उपचार हुन नसक्दा निधन भएको हो । प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेका बताइएको छ ।