पूर्वअर्थमन्त्री एवं व्यवसायी रुप ज्योतीलाई पक्राउ गर्न काठमाडौँमा प्रहरी परिचालन , यसकारण गरिदै छ पक्राउ..,..

  • प्रकाशित मिति: शुक्रबार, मंसिर २१ २०७५
  • तामाकोशी

काठमाडौं, २१ मंसिर । पूर्वअर्थमन्त्री एवं व्यवसायी रुप ज्योती पक्राउ गर्न काठमाडौं प्रहरी परिचालित भएको छ । अपार्टमेन्ट ठगी मुद्धामा उनलार्इ पक्राउ गर्न बिहीबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी सदर गरेको थियो ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले मेरोलगानीसंग कुरा गर्दै रूप ज्योती पक्राउ गर्न प्रहरी परिचालन भएको बताए ।

काठमाडौंको बाँसबारी क्षेत्रमा अपार्टमेन्ट बनाउने भन्दै सर्वसाधरणबाट उठाएको पैसा फिर्ता नगरेको आरोपमा महानगरिय प्रहरी परिसरमा रूप ज्योती विरूद्ध जाहेरी परेको थियो ।रूप ज्योती ज्योती ग्रुप अफ कम्पनीका सहअध्यक्ष हुन् । ज्योती समूह नेपालको पुरानो व्यावसायिक घराना हो ।आइरन,स्टील,टेक्सटायल तथा पर्यटन लगायतको क्षेत्रमा समूहको लगानी रहेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको साशनकालमा रूप ज्योती अर्थमन्त्रीको जिम्मेवारीमा थिए ।