काठमाडौं, २१ मंसिर । साताको छैटौ दिन सुनको मूल्य घटेको छ । शुक्रबार छापावाल सुन प्रतितोला २ सयले घटेर ५८ हजार ५ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यसैगरी तेजाबी सुन प्रति तोला ५८ हजार २ सयले कारोबार भैरहेको छ । शुक्रबार चाँदी प्रति तोल ७ सय १५ ले कारोबार भैरहेको छ ।
नेपाली सुन बजारमा बिहिबार सुन ५८ हजार ७ सय रुपैया प्रति तोलामा कारोबार भएको थियो भने बुधबार छापावाल ५८ हजार ४ सय रुपैया पुगेको थियो । मंगलबार ५८ हजार ३ सय रुपैया पुगेको थियो ।साताको पहिलो दिन आइतबार छापावाल सुन प्रति तोला ५७ हजार २ सय रुपैयामा कारोबार भएको थियो भने सोमबार प्रति तोला २ सयले बढेर प्रति तोला ५७ हजार ४ सयमा कारोबार भएको थियो ।