निर्मलामाथि सामूहिक ‘वलात्कार भएको आशंका, काठमाडौंमा एक र महेन्द्रनगरबाट तीनजना पक्राउ , नामसहित हेर्नुहोस्

  • प्रकाशित मिति: बिहिबार, मंसिर २० २०७५
  • तामाकोशी

काठमाडौं–बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौंमा र तीन महेन्द्रनगरमा ।सामूहिक बलात्कारपछि हत्यागरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंमा पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । त्यस्तै, अन्य तीनजनालाई महेन्द्रनगरमै पक्राउ गरिएको हो ।

उनीहरू सबैजना लागुऔषध दुर्व्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको प्रहरी स्रोत बताउँछ । तर, डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले जनाएको छ । नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ ।