काठमाडौ, २० मङ्सिर । साताको पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ सयले बढेर ५८ हजार ४ सय रुपैया पुगेको थियो भने बिहिबार फेरी रु ३ सयले बढेर ५८ हजार ७ सय रुपैया प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ९ सयले बढेर ५८ हजार ३ सय रुपैया पुगेको थियो ।साताको पहिलो दिन आइतबार छापावाल सुन प्रति तोला ५७ हजार २ सय रुपैयामा कारोबार भएको थियो भने सोमबार प्रति तोला २ सयले बढेर प्रति तोला ५७ हजार ४ सयमा कारोबार भएको थियो ।त्यस्तै बिहिबार तेजावी सुनको मूल्य ५८ हजार ४ सय रुपैया रहेको महासंघले जनाएको छ ।
बिहिबार चाँदीको मूल्य भने स्थिर अर्थात् टु ७ सय १५ प्रति तोला रहेको छ। मंगलबार तोलामा १० रुपैयाले बढेको चाँदीको मूल्य बुधबार भने ५ रुपैयाले बढेर ७ सय १५ रुपैया प्रति तोला रहेको छ ।आइतबार र सोमबार चाँदी प्रतितोला ७ सय रुपैयामा कारोबार भएको थियो ।