आखिर विप्लवले नै गर्ने भयो निर्मला पन्तको हत्यारालाई केही दिनमै कारवाही , यस्तो छ विप्लवको योजना ,पढ्नुहोस्..

  • प्रकाशित मिति: बुधबार, मंसिर १९ २०७५
  • तामाकोशी

काठमाडौ, १९ मङ्सिर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई केही दिनमै कारबाही गर्ने घोषणा गरेका छ्न ।कालिकोट पुगेका प्रवक्ता विश्वकर्माले घटनामा संलग्नलाई सरकारले कारबाही गर्न नसकेपछि आफ्नो पार्टीले कारवाही गरी निर्मलाको परिवारलाई न्याय दिने दाबी गरे ।

निर्मलाको हत्यारा सरकारले लुकाएका कारण पक्राउ गर्न नचाहेको उनले आरोप लगाए । नेकपा प्रवक्ता विश्वकर्माले निर्मला हत्या प्रकणलाई केही समय अगाडि चर्चामा आएको सुन काण्डजस्तै मिलाउने प्रयास भइरहेको सूचना पाएको जानकारी दिए ।यसैबीच निर्मलाको हत्यारालाई पक्राउ र कारवाहीको माग गर्दै मुलुकभरका विभिन्न जिल्लाहरुमा आज पनि प्रदर्शन भएको छ ।



हत्या भएको चार महिना बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै काठमाडौंसहित रौतहट, दाङ लगायतका जिल्लामा युवाहरुले प्रदर्शन गरेका हुन् ।
रौतहटमा विद्यार्थीहरुले निर्मलालाई न्याय दे भन्दै नारावाजीसहित चन्द्रनिगाहपुरमा प्रदर्शन गरेका थिए । उनीहरुले सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका स्टिकर र पोस्टरहरु बजारको चोक चोकमा टाँसेका छन् ।

यसैगरी काठमाडौँको प्रदर्शनिमार्गमा नेविसंघले प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले सरकारका विरुद्ध चर्का नारावाजी गरेका थिए । यस्तै पश्चिम कञ्चनपुरदेखि पूर्वमा झापासम्मका जिल्लामा पनि आजपनि निर्मलाको तस्बिर अंकित पोष्टर टाँसिएको छ ।ङको लमही बसपार्कमा पनि युवाहरुले निर्मलाको न्याय माग्दै पोष्टर टाँसेका छन् । हिजो मात्रै युवाहरुले उपत्यका भित्र चल्ने र बाहिरिने गाडीहरुमा निर्मलाको न्यायका लागि पोष्टर टाँस्ने अभियान सुरु गरेका थिए ।