चर्चित नायिका स्वेता खड्काको माझी वस्तीमा भेटे अचम्मको गुण्डा, गरे यस्तो खुलासा… {भिडियो सहित}

  • प्रकाशित मिति: मंगलबार, मंसिर १८ २०७५
  • तामाकोशी

श्वेता फाउन्डेसनको पहलमा चौतारा साँगाचोकगढी नगरको माझी बस्तीमा घरहरू ठडिरहेका छन् । नायिका स्वेता खड्का पछिल्लो समय सिन्धुपाल्चोकको माझी बस्ती निर्माण कार्यमा दत्तचित्त भएर लागिरहेकी छिन् ।

हुन त यो वस्ती निर्माण गर्दै गर्दा स्वेतालाई निकै गाह्रो पनि छ आर्थिक हिसाबले । सोचे जसरी आर्थिक जोहो नहुँदा तोकेको समयमा वस्ती हस्तान्तरण गर्न सकिरहेको छैन । पछिल्लो समय धेरै जसो घरहरु बनिसकेका छन् तर केही आर्थिक कठिनाईले गर्दा समयमा काम फत्ते गर्न नपाउँदा ढिलाई पनि भइरहेको छ ।



त्यो नदी छेऊको माझी वस्तीका मानिसहरु भने निकै हाँसिला अनि रसिला रहेछन् । त्यहाँ गुण्डा माझी नाम गरेका एक व्यक्ति पनि रहेछन्, जो निकै फुर्तिला अनि रमाईला पनि छन् । बस्तीका सबैलाई उनले हँसाउने देखि केही नजानेका कुराहरु बेला बेला सिकाउने पनि गर्दा रहेछन् । हेर्नुहोस् उनै गुण्डा दाईसँग गरिएको रोचक कुराकानी भिडियोमा…