मलेसिया । पेनाङ राज्यको कुलिममा आइतबार राति सवारी दुर्घटनामा सुरेश केसीको मृत्यु भएको छ । केसी पछिल्लो १४ वर्षदेखि मलेसियामा थिए । केसीले श्रम साप्ताहिक, श्रमिक संगठन लगायतका संघसंस्थामा पनि काम गरेका थिए । बर्दियाको राजापुर घर भएका केसी मलेसियाको ईपो, ताईपिङ तथा पेनाङमा कार्यरत थिए ।
केसी जनप्रगतिशील श्रमिक मोर्चा मलेसियाका संस्थापक सदस्य थिए । साइकलमा यात्रा गरिरहँदा सवारी साधनले ठक्कर दिएर केसीको मृत्यु भएको बताइन्छ । जनता समाचारबाट साभार
मलेसियामा केशीको मृत्यु : नेपालमा चल्यो रुवाबासी
- प्रकाशित मिति: सोमबार, मंसिर १७ २०७५
- तामाकोशी