नेपाल आईडलमा किन पुगे धुर्मुश र सुन्तली(हेर्नुहोस भिडियो)

  • प्रकाशित मिति: बिहिबार, मंसिर १३ २०७५
  • तामाकोशी

काठमाडौं। अहिले नेपाल आइडलमा टप ६ प्रतिस्पर्धी मात्रै बाकी छन्। ती हुन् सुमित पाठक, विक्रम बराल, रवी ओड, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी। अबको केही महिनाभित्र देशले दोस्रो नेपाल आइडल पाउनेछ।

आज बिहीबार प्रसारित हुने एपिसोडमा टप ६ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिनेछन्। त्यही प्रस्तुतको आधारमा नेपाल आइडलबाट एक जना प्रतिस्पर्धी बाहिरिने छन्। आज प्रसारित हुने एपिसोड राष्ट्रियता जगमगाउने एपिसोड हुनेछ जुन एपिसोडमा प्रतिस्पर्धीले राष्ट्रिय गीतमा आफ्नो प्रस्तुति दिनेछन्।



नेपाल आइडलले सार्वजनिक गरेको प्रोमो अनुसार आजको एपिसोडमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ गेस्ट बनेर आउनेछन्।