बालाजुबाट अपहरित पर्वतका आठ बर्षिय बालक हत्याको शब झोलामा भेटिएपछी ….

  • प्रकाशित मिति: बिहिबार, मंसिर १३ २०७५
  • तामाकोशी

ब्रेकिङ : ३ दिनदेखि बेपत्ता बालक सामाखुसीमा मृत अवस्थामा भेटिए, हत्या आशंकामा चालक पक्राउकाठमाडौँ – तीन दिनदेखि बेपत्ता बालक मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको नयाँ बसपार्कस्थित स्वस्तिमा त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका छोरा प्रयास कुँवर मृत अवस्थामा फेला परेका हुन् । मंगलबार आफ्नै घरबाट हराएका ८ वर्षीय बालकको खोजी गरिदिन परिवारले मंगलवार साँझ ७ बजे प्रहरीमा खबर गरेका थिए ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले आज दिउँसो ३ : ३० बजे काठमाडौँको सामाखुसी खोलानजिकै म्हैपी मार्ग छेउमा जेब्रा झोलामा पोको पारेर फालेको अवस्थामा बालकको शव फेला पारेको हो ।महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले आज दिउँसो ३ : ३० बजे काठमाडौँको सामाखुसी खोलानजिकै म्हैपी मार्ग छेउमा जेब्रा झोलामा पोको पारेर फालेको अवस्थामा बालकको शव फेला पारेको हो ।प्रहरीले घटनामा संलग्न रहेको आशंकामा उनकै होटलमा सवारी चलाउँदै आएका महेन्द्र एस के लाई पक्राउ गरी अनुसन्धान थालेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको स्थानीय यम कुँवरले हामीलाई बताए ।