एनआईसी एशियाले बोलायो साधारणसभा

  • प्रकाशित मिति: बुधबार, मंसिर १२ २०७५
  • तामाकोशी

काठमान्डौ । एनआईसी एशिया बैंक (NICA) ले प्रस्ताव गरेको लाभांश पारित गर्न पुष ४ गते २१ औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर पारित गर्नेछ । बैंकको साधारणसभा सानेपा स्थित हेरिटज गार्डेनमा बस्नेछ ।

एनआईसी एशियाको बैंक सञ्चालक समितिको कार्तिक ३० गते बसेको ३७७ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को लागि प्रति शेयर १० ( १० प्रतिशत) शेयर लाभांश तथा उक्त शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि प्रति शेयर ०.५२६ (०.५२६ प्रतिशत) नगद लाभांश दिने निर्णय गरेको हो ।



बैंकले चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८० करोड ३१ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँ पुग्ने भएको छ।