रामेछाप । मंसिर ११ गते,
रामेछाप जिल्लाका ६ जना भूकम्प पीडित विद्यार्थीहरुलाई इन्सेकले शैक्षिक सामग्री सहयोग गरको छ । विभिन्न गाउँबाट मन्थली आई अध्ययन गरि रहेका ६ जना विद्यार्थीलाई इन्सेक जिल्ला प्रतिनिधि मार्फत कपि डटपेन लगायतका विद्यालय सामाग्रिहरु प्रदान गरिएको हो ।
मन्थली मावि मन्थलीमा अयोजित ३ जना छात्र र ३ जना छात्रालाई सो सहयोग गरिएको हो । शैक्षिक सामाग्रि मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाई र मन्थली माविका प्रधानाध्यापक टंकप्रसाद दाहालले विद्यार्थीहरुलाई हस्तान्तरण गरे ।
सो सहयोग कक्षा १० मा पढ्ने भूकम्प पीडित विद्यार्थीहरु विक्रम कार्की, रोशन कार्की र दुर्गा तामाङ् प्रदान गरिएको हो । त्यस्तै कक्षा ९ की छात्रा अनिता के.सी., कक्षा ५ का विवेक खतिवडा र कक्षा ४ की छात्रा सम्झना माझी रहेका छन् ।
सहयोग गरिएका छात्रछात्राहरु भूकम्पमा परि आफन्तहरु गुमाएका, तथा भूकम्पबाट घर भत्किएर समस्यामा परेका रहेका मन्थली माविका प्रधानाध्यापक टंकप्रसाद दाहालले जानकारी दिए ।
रामेछापका ६ जना भूकम्प पीडित विद्यार्थीलाई इन्सेकद्धारा शैक्षिक सामग्री सहयोग
- प्रकाशित मिति: मंगलबार, मंसिर ११ २०७५
- तामाकोशी