एजेन्सी । प्रेम प्रस्ताव राख्ने सबैका आ आफ्नै तरिकाहरु हुन्छन् । कसका तरिका सामान्य हुन्छन् पनि कतिका प्रक्रिया गत । तर हालै चीनका एक युवकले आफ्नै प्रेमीकालाई ९ सय ९९ वटा कण्डमका प्याकेट दिएर प्रपोज गरेका छन् । जुन दृश्य देखेर चीनको सडकमा नै केही समय हेराहेर भयो । यो दृश्य चीनको उत्तरी क्षेत्रस्थित हार्बिनमा देखिउको हो । ति प्रेमीले सडकमा ९ सय ९९ वटा कण्डमका प्याकेटबाट मुटुको चित्र बनाएर प्रस्ताव राखेका हुन् ।
सो अवसरमा उनले भने सामान्य पुरुषले आफ्नो पूरा जिवनमा कम्तिमा पनि ६ हजार पटक सेक्स गर्छन् त्यसैले आफ्नो साथमा सँधै कण्डम भए सुरक्षीत हुन्छ । युवकले यस्तो अनौठो कार्य गरिरहँदा युवतीले हाँस्दै युवकको प्रेम प्रस्ताव स्विकार गरिन् ।