किन घट्दै छ दिनानुदिन सुनको मूल्य , यस्तो छ आजको भाउ !, पढ्नुहोस …

  • प्रकाशित मिति: आइतबार, मंसिर ९ २०७५
  • तामाकोशी

नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ। गतहप्ता केही उतावचाढाव देखिएको सुनको मूल्यमा यो साताको पहिलो दिनमै गिरावट आएको हो।

शनिबार प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ सय रुपैयाँले घटेर ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि पनि बढेको छ। आज चाँदी ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।