रामेछाप । मंसिर ७ गते,
रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई स्वास्थ्य कर्मीको ज्यान लिने धम्कि दिएको आरोप लगाएको छ । गाउँपालिका अध्यक्ष खड्काले टेलिफोन गरी ज्यान लिने धम्कि दिएको आरोप प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले लगाएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका निमित्त प्रमुख डाक्टर राकेशकुमार दासले शुक्रबार प्रेस विज्ञप्ति जारी गरा अध्यक्षले फोन गरेर ज्यान लिने धम्कि दिएको बताएका छन् । अध्यक्ष माथि कारबाहीको माग गर्दा समेत सम्बन्धित निकायले ध्यान नदिएकोले आपूm असुरक्षित भएको उनको विज्ञप्तिमा उल्लेख छ । 
जारि विज्ञप्तिमा अध्यक्ष खड्का माथि कारबाहीको लागि ०७५ मंसिर ४ गते नै स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको निर्णय सहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, मन्थली नगरपालिका, स्वास्थ्य सेवा विभाग र नेपाल मेडिकल यसोशियसनमा अनुरोध गरेकोमा हालसम्म पनि दोषि माथि कारबाही नभएको उल्लेख छ । उनी माथि कारबाही नभए स्वास्थ्य संस्थाबाट दिइरहेको २४ घण्टे प्रशुती सेवा तथा आकश्मिक सेवा बाहेक सम्पूर्ण मेडिकोलिगल लगायतका सेवा अनिश्चितकालीन रुपमा बन्द गरिने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २०७५ साल कात्तिक २० गते जिल्ला प्रहरी कार्यालय रामेछापको पत्र अनुसार तामाकोसी गाउँपालिका ३ निवासी ३९ वर्षिय झलमायाँ श्रेष्ठको लासको पोष्टमार्टम गरिएको विज्ञप्तिमा बताइएको छ । सो रिपोर्ट आपूmले भने अनुसार दिन अध्यक्षले बारम्बार फोनबाट दवाव दिएको बताइएको छ । उनले भने अनुसार कार्य नगरेपछि गाउँपालिका अध्यक्षले ज्यान लिने धम्कि दिएको बताइएको छ ।
गाउँपालिका अध्यक्ष खड्काले भने भने प्रहरी र प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकले मिलेमतोमा गलत पोष्टमार्टम रिपोर्ट दिएको आरोप लगाउँदै आएका छन् । मन्थलीमा गरिएको पोष्टमार्टम रिपोर्टमा चित्त नबुझेकै कारण मृतकको पुन पोर्टमाार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लास पुर्याएको उनले बताए । उनले हत्या गरिएको उक्त लासको आत्माहत्या भनि गलत रिपोर्ट दिएको बताउँदै आएका छन् ।
झलमायाँ श्रेष्ठको लास गते कात्तिक १९ गते आप्mनै घरको बुइगलमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
रामेछापको सदरमुकाम मन्थलीमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
रामेछाप । मंसिर ७ गते,
रामेछापको सदरमुकाम मन्थली नगरपालिका– १ भैसेश्वरमा शुक्रबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट मन्थली नगरपालिका–६ हात्तिटारका ५५ वर्षिय काले माझीको मृत्यु भएको हो । मन्थलीको थापाचोकबाट मन्थली बजारतर्फ आउँदै गरेको बा ५७ प ४७२७ नंको मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । सडकमा धर्ख्रिएर हिँडेका माझीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालक प्रेम रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गाउँपालिका अध्यक्षमाथि स्वास्थ्य कर्मीको ज्यान लिने धम्कि दिएको आरोप
- प्रकाशित मिति: शुक्रबार, मंसिर ७ २०७५
- तामाकोसी खबर