नशाको लागि इन्डोनेसियामा मानिसहरुले प्रयोगमा आएको स्यानिटरीको पानी खाने गरेको खुलासा भएको छ । नशाको रुपमा रक्सी र गाँजा तथा अन्य लागुऔषध प्रयोग गर्ने गरेको सबैले थाहा पाएकै कुरा हो तर इन्डोनेसियामा भने प्रयोगमा आएको स्यानिटरी प्याडको पानी खाने गरेको खुलासा भएको थियो ।
इण्डोनेसियाका कतिपय क्षेत्रमा मानिसहरुले रजश्वलाका क्रममा महिलाले प्रयोग गरेका स्यानिटरी प्याड तथा बच्चाबच्चीहरुका लागि प्रयोग गरेका डाइपरहरु पानीमा उमालेर त्यस्तो पानी पिउने गर्दछन् । लठ्ठाउने नशाको रुपमा मानिसहरु यस्तो चिज प्रयोग गर्दछन् ।
डाक्टरहरुले भने नशाका लागि स्यानिटरी प्याड उमालेर खानु प्राणघातक हुनसक्ने भन्दै चेतावनी दिएका छन् । स्यानिटरी प्याडमा सोडियम पोलीक्राइलेट हुन्छ, जुन रगत सोस्नका लागि प्रयोग हुने उनिहरुले बताएका छन् । सोही केमिकलले मानिसहरुले लठ्ठाउने पनि गर्दछ । तर, त्यो रसायन निकै हानिकारक हुन्छ ।
किशोर किशोरीहरुमा यस्तो वस्तुको सेवनको दर बढिरहेको एउटा तथ्यांकले बताएको छ । रक्सी, ड्रग्स तथा चुरोट खरीद गर्नका लागि पैसा नहुने युवकहरुमा पनि यस्तो नशाको दर उच्च रहेको बताइन्छ । त्यहाँ फोहोरको थुप्रोमा प्रयोग गरिसकेका स्यानिटरी प्याड खोज्ने मानिसहरु भेटिन्छन् ।