डान्स रियालिटी शो बुगी बुगिको नेपाली संस्करणमा नेपालकै पहिलो डान्सिङ सुपरस्टारको उपाधी जित्ने प्रतिभा को हुन ?
ॐ सर्लाहीकी कविता नेपाली
डानिडा को पुरा रुप के हो ?
ॐ डेनिस ईन्टरनेशनल डिभलपमेन्ट ।
एकै परिवारका सात सदस्य द्वारा सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्ने आरोहीको को को हुन् ?
ॐ मिङमा छिरी शेर्पा,निमागोम्बु शेर्पा, पासाङ तेन्जिङ शेर्पा, ठुडु शेर्पा,आङ्छिरिङ्ग शेर्पा,निमतेम्बा शेर्पा र थेमाथिली शेर्पा
बोल्नुपनी अनमोल हो पहिले हृदयरुपी तराजुमा शब्दलाई तौलेर मात्र मुखबाट निकाल्नुपर्छ भन्ने विचारक को हुन् ?
ॐ कबीर
सन २०१८ अगस्ट मा आईसिसीद्वारा सार्वजनिक नयाँ बरियता सूची ट्वान्टी ट्वान्टी क्रिकट मा पर्न सफल ४ नेपाली खेलाडीको को को हुन् ?
ॐ कप्तान पास खड्का, सरद भेसवाकर, सोमपाल कामी र वसन्त रेग्मी
क्रिकेट बलाई धारिलो वस्तु इटाको टुक्रा बालुवा धातु नङले कोर्ने बलमा चुईगम लगाउने मैदानमा बल घिसार्ने भ्यासलिन र सनक्रिम बलमा लगाउने जस्ता कार्य गरी क्रिकेट बललाई बिगार्ने कार्यलाई लाई के भनिन्छ ?
ॐ बल टेमापरिङ
लिभा क्यू भन्नाले के बुझिन्छ ?
ॐ ताइबान्द्वारा निर्मित विश्वकै सानो कम्प्युटर
अरूको कुरा गरेर समय खेर फाल्नुभन्दा आफ्ना अवगुण आलोचनात्मक चिन्ता गरे चरित्रको विकास हुन्छ भन्ने विचारक को हुन् ?
ॐ स्वामी विवोनन्द
विगतका गल्ती र असफलता बिर्सेर भविष्यमा के गर्नेछौं र अहिले के गर्दै छौ भन्ने मात्र सोच हो भन्ने विचारक को हुन् ?
ॐ विलियम डुरान्ट
चीन सरकारले उत्तरी ध्रुव को आसपास एउटा समुद्री मार्ग पोलार सिल्क रोड निर्माण को घोषणा कहिले गरेको हो ?
ॐ सन् २०१८ जनवरी २६
अन्तर्राष्ट्रिय युवा दिवस कहिले मनाउने गरिन्छ ?
ॐ अगस्ट १२
अप्टिकल क्यारेक्टर रीकाग्नाइजेशन सफ्ट्वेयर के संग सम्बन्धित छ ?
ॐ नेत्रहीन व्यक्तिलाई नेपाली अक्षर पढ्न सुन्न सक्ने सफ्ट्वेयर प्रविधि
विश्वको सबैभन्दा पुरानो टेनिस प्रतियोगिता कुन हो ?
ॐ विम्बलडान टेनिस प्रतियोगिता
रोहिंग्या शरणार्थी फिर्ता सम्बन्धमा म्यानमार र बंगलादशबीच भएको सहमतिअनुसार कुन अवधिसम्म शरणार्थी फिर्ता गरि सक्ने उल्लेख छ ?
ॐ दुई वर्ष २०१८ जन १७ मा सहमति
लैङ्गिक समानता तथा महिला सशक्तीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युए न वुमन को कार्यकारी बोर्ड सदस्यमा नेपाल कैले निर्वाचित भएको हो ?
ॐ २०१८ अप्रिल
साहित्यकार तथा रेडियोकर्मी यज्ञनिधि दाहाल को निधन कहिले भएको हो ?
ॐ वि.स. २०७५ श्रावण २५
पोषण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सन् २०१८ मा कहाँ आयोजना गरियो ?
ॐ नेपाल सन् २०१८ फेब्रुवरी २७(२८
वि.सं २०७५ मा प्रदान गरिने गो गो फाउन्डेसन अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन्
ॐ अन्नपुर्ण पोस्ट दैनिकका प्रधान सम्पादक हरिवहादुर थापा
सरकारले फिल्मीक्षेत्रमा बक्स अफिस प्रणाली कहिलेदेखी लागु गरेको हो ?
ॐ वि.स. २०७५ श्रावण १
स्रोतः लोक सेवा तयारी पेज