उदयपुरमा ट्याक्टर दुर्घटना , तीनजनाको मृत्यु, ३० जना घाइते

  • प्रकाशित मिति: सोमबार, कार्तिक २६ २०७५
  • तामाकोसी खबर

उदयपुर । कार्तिक २६ गते,
आइतबार साँझ उदयपुरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा तीनजनाको ज्यान गएको छ । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट नजिकैको पिकनिक स्पोटमा पिकनिक खाएर फर्कँदै गरेको ट्याक्टर त्यसै स्थानमा रहेको रंगमहलको उकालोमा दुर्घटना भएको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जनकारी दिए । मेयर थापाका अनुसार स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते ३ जनाको उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा मृत्यु भएको हो ।
मृतकका आफन्त अस्पतालमा नपुगीसकेकाले अहिलेसम्म मृतकको सनाखत हुन नसकेको मेयर थापाले जानकारी दिए । दुर्घटना भएको स्थानबाट स्थानीयले उद्धार गरी सामान्य घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ५ जनासहित ३० जनालाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याइएको छ ।