रामेछाप, कार्तिक १७ गते ।
रामेछाप नगरपालिका वडा नं. ५ रामपुर खर्क भन्ज्याङमा बृहत सास्कृतिक कार्यक्रम हुने भएको छ । राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा नब जागरण युब क्लवद्धारा सामुहिक देउसी भैलो सहितको कार्यक्रम आयोजना गर्न लागिएको हो ।
क्लबका अध्यक्ष विरेन्द्र रिसालका अनुसार कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु रामकुमार नेपाली, युनिक भोजराज विक, तिर्थविरक्त पाख्रिन, हरि बहादुर काफ्ले मगर, भिमराज विक, सपना सोनाम, विमा कुमारी अनुरागी,सलामसिङ तामाङ, सुर्य क्याप्चाकी मगर, बर्षा मोक्तान, अविरल राज, विनोद विसी लगाएत स्थानिय कलाकारहरुले भब्य मनोरन्जन दिलाउने छन् ।
संगितको क्षेत्रबाट रामपुरलाई चिनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक ठाकुर राज वाईबाले जानकारी दिए ।
उनले सामाजिक मुल्य मान्यतालाई आत्मसाथ गर्दै परम्परागत रुपमा चल्दै आएको देउसी भैलो कार्यक्रमलाई पनि निरन्तरता दिन चाहेको बताए । कार्यक्रम कार्तिक १९ गते साँझ देखि २० गते विहान सम्म हुने आयोजकले जनाएको छ ।