कार्तिक १५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले सरकारमा वसेको छ । जाजरकोटी जनताको मत पाएर अहिले नेकपा नेता शक्ति बस्नेत सरकारको वनमन्त्रालय सम्मालेर वसेका छन । गएको निर्वाचनमा माओवादी केन्द्रबाट टिकट लिएर चुनाव जितेका कुशे गाउँपालिका–६ का वडा अध्यक्ष बुधवार नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । बुधवार नेपाली काँग्रसद्धारा कुशे गाउँपालिका–६ को घरंगामा आयोजना गरिएको आमसभामा वडा अध्यक्ष अमर शाही नेपाली कांग्रस पार्टी प्रवेश गरेका हुन् । नेकपा पार्टी परित्याग गरेर नेपाली कांग्रेस पार्टी प्रवेश गर्नेमा वडा अध्यक्ष, वडा सदस्यहरु सहित १ सय ५७ रहेको नेपाली कांग्रेस जाजरकोटले जनाएको छ ।
बुधवार नेपाली काँग्रसद्धारा कुशे गाउँपालिका–६ को घरंगामा आयोजना गरिएको आमसभालाई सम्वोधन नेपाल तरुणदलका पूर्व कन्द्रिय अध्यक्ष तथा पूर्व अर्थ राज्यमन्त्री, नेपाली कांग्रेसका युवा नेता उदयशम्शेर राणाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन । सभालाई सम्बोधन गर्ने क्रममा नेता उदयशम्शेर राणाले नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेर नेपाली कांग्रेस पार्टी प्रवेश गर्ने वडा अध्यक्ष अमर बहादुर शाही सहितको पार्टी प्रवेश गर्ने सम्पूर्ण टीमलाई स्वागत सहित बधाई दिएका थिए ।
जनताको मुक्ति र देश परिवर्तनको नारा दिएर विगत १० बर्ष जनयुद्ध लडेको पार्टी दुई त्यहाई बहुमतको सरकारमा भएर पनि जनताले अनुभुति गर्नेखालका कुनै पनि काम गर्न नसकेको आरोप लगाउदै आफुले कम्युनिष्ट पार्टी परित्याग गरेर नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको वडा अध्यक्ष शाहीले वताए । यो नेपाली कांग्रेसका लागि ठुलो राहत बन्न पुगेको छ । यसले नेकपालाई ठुलो चुनौतीको सामना गर्नुपर्ने देखिएको छ ।