प्रधानमन्त्री ओलिलेनै अस्पतालबाट खुल्ला पत्रमा यस्तो लेखेपछि (पाठसहित)

  • प्रकाशित मिति: मंगलबार, कार्तिक १३ २०७५
  • तामाकोसी खबर

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले अस्पतालको शय्याबाट देशबासीलाई चिठ्ठी लेखेका छन् । उनले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाई भनी सम्बोधन गरेर देशवासीलाई खुल्ला चिठ्ठी लेखेका हुन् ।

एकाएक थलिएपछि सोमबार एकाविहानै प्रधानमन्त्री ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य तीब्र रुपमा सुधार हुँदै गएको बताएका छन् । यद्यपि, दुई दिन अझै ओलीलाई अस्पतालमै राख्न चिकित्सकले सुझाएका छन् ।



ओलीले चिठ्ठीको सुरुवाती खण्डमा आफ्नो स्वास्थ्य अवस्थाबारे लेखेका छन् । उनले ‘मौसमी रुघाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि कार्तिक १२ गतेदेखि म त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेको छु’ भनेका छन् । त्यसैमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यप्रति सबैले देखाएको चिन्ता तथा स्वास्थ्य लाभको कामनाका लागि धन्यवाद भनेका छन् ।

चिठ्ठीको पेट खण्डमा प्रधानमन्त्री ओलीले, ‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहिन प्रचार तथा विषयलाई अनावश्यष्क रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजीको मलाई जानकारी छ । यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध गर्दछु, भनेका छन् ।

उनले मुलुकमा हालै घटेका घटनाक्रम र समसामयिक सबै खाले घटनाक्रमप्रति आाफु संवेदनशील रहेको र यो अवस्थामा कसैले कसैलाई नउक्साउन सबैले सतेत गराउँछु भनि, मूल खण्डमा भनेका छन् ।  उनले ठहर तथा अन्तिम खण्डमा चिकित्सकले दिएको जानकारी अनुसार ‘म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमाा सक्रिय हुनेछु’ भनेका छन् ।