मध्यारातिमा आयो प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट : कस्तो छ ओलीको स्वास्थ्या अवास्था,पढ्नुहोस

  • प्रकाशित मिति: सोमबार, कार्तिक १२ २०७५
  • तामाकोसी खबर

काठमाडाैं । केहि दिन देखि बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या बढ्दै गएपछि अन्ततः उहाँलाई अस्पताल भर्ना नै गरिएको छ । बढ्दै गएको संक्रमण र शरीरमा घट्दो ग्लुकोजको मात्राका कारण प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयु कक्षमा राखेर उपचार गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई छातीको तल्लो भागको संक्रमण भएको चिकित्सकले बताएका छन् । उपचारमा संलग्न चिकित्सक अनुसार उनलाई लोअर रेस्पिरेट्री ट्रयाक्ट इन्फेक्सन अर्थात छातीको तल्लो भाग श्वासप्रश्वास नलीमा संक्रमण भएको छ । यो निमोनिया हुनु भन्दा अगाडिको संकेत पनि हो । चिकित्सकका अनुसार फोक्सोको तल्लो भाग श्वासप्रश्वास नलीमा इन्फेक्सन हुँदा निमोनिया हुनसक्छ । लगातार खोकी लागिरहने हुँदा श्वासप्रश्वासमा समस्या आउन सक्छ ।
छाती घ्यार घ्यार हुने र उच्च ज्वरो आउछ । यहि लक्षण देखिएर शुक्रबार बेलुकी ४ बजे उनलाई शिक्षण अस्पताल लागिएको थियो । त्यहि बेला छातीको एक्सरे पनि गरिएको थियो । त्यसपछि औषधि खादै प्रधानमन्त्री ओली निवासमा नै आराम गरिरहनु भएको थियो । ज्वरो कम नभएपछि आइतबार स्वाइन फ्लु शंकामा राष्ट्रिय प्रयोगशाला टेकुमा खकार परीक्षण पनि गर्न दिइयो । प्रधानमन्त्रीको सचिवालयले अवस्था सुधार हुँदै गएको भनेपनि सोमबार रातिदेखि उहाँलाई श्वास्र फेर्ने मुस्किल पर्यो र ४ बजे बिहान अस्पताल भर्ना गरिएको डा दिव्या सिंहले जानकारी दिनुभएको छ ।

सोमबार बिहान ४ बजे मनमोहन कार्डियोथोरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको उहाँलाई हाल स्टोराइड लगायत हाईडोज एन्टीबायोटिक सुइ मार्फत दिइएको छ । उहाँको उपचारमा डा. अरुण सायमी, डा. सन्तकुमार दास संलग्न हुनुहुन्छ । उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न अस्पतालमा पार्टी नेता, कार्यकर्ता, घुँइचो लागेको छ । अस्पतालले विज्ञप्ति मार्फत् प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको र अन्य स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा उत्तम कृष्ण श्रेष्ठले बताउनु हुन्छ ।

प्रधानमन्त्री ओलीको मेडिकल रिपोर्ट अनुसार शरीरमा चिनीको मात्रासमेत असन्तुलित देखिएको छ । इन्फेक्सन बढ्दा शरीरमा चिनीको मात्रा घटबढ हुन्छ र यसले मानिस बेहोस हुनसक्छ र ज्यानै जान पनि सक्छ । ११ बर्ष पहिले दुवै मृगौला प्रत्यारोपण गर्नु भएका ओलीको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको कारण उहाँको स्वास्थ्यलाई सानोतिनो समस्याले पनि प्रभावित बनाउछ ।

सामान्य रुघाखोकीबाट सुरु भएको समस्या त्यहि कारणले फोक्सोसम्म बढेको हो ।दशैको टीकाको क्रममा उहाँलाई इन्फ्लुएन्जा संक्रमण सरेको चिकित्सकको अनुमान छ । उहाँलाई कम्तिमा पनि ७२ घण्टा अस्पतालको सीसीयु मै राखेर उपचार गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य जाँचको रिपोर्ट आएको छ । शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार गराईरहेका ओलीको रिपोर्ट हेरेपछि चिकित्सकहरुले समस्या जटिल नरहेको निश्कर्ष निकालेका छन् । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई राति नै अस्पताल पुर्‍याइएको थियो । उनको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यबारे पहिलो रिपोर्ट दिएको छ, जसअनुसार उनको छातिमा संक्रमण देखिएको छ भने शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको छ । ‘उहाँको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको र अरु स्वास्थ्य स्थिति सामान्य रहेको अनुरोध गदर्छौं’ कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले भनेका छन् ।

प्रधानमन्त्री ओलीलाई रुघा, खोजी र समान्य ज्वरो आएको थियो । धेरै भीड र धुलोमा नजान चिकित्सकहरुले सुझाएका थिए । चिकित्सकै सल्लाह बमोजिम उनी पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन सकेका थिएनन् । तर आइतबार राति एक्कासी स्वासप्रश्वासमा समस्या देखिएपछि ओलीलाई अस्पताल