कार्तिक १२/ दौडिँदा, उफ्रिदा र मनमा केही डर भयो भने मानिसको मुटुको चाल अचानक बढ्छ । यस्तो अवस्थामा केही समय मुटुको धड्कन बढ्नु भनेको मुटुले आराम खोज्नु हो । केही समय आराम गरेपछि मुटुको धड्कन आफैं सामान्य बन्छ ।
तर सामान्य अवस्थामा पनि मुटुको चाल अचानक बढ्ने वा घट्ने हुन्छ भने त्यो खतराको संकेत हो । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. रोशन राउतका अनुसार सामान्य अवस्थामा मुटुको चाल गडबढीले ज्यानै जाने खतरा खतराको संकेत गर्दछ ।
मुटुको चाल गडबढी भएको यसरी थाहा पाउनुस्
– शरीर कमजोर महशुस हुन्छ ।
– मुटु हल्लिएको जस्तो लाग्छ ।
– छाती दुख्ने हुन्छ ।
– रिंगाटा लाग्ने र बेहोस पनि हुने हुन्छ ।
डा. राउतका अनुसार यस्तो समस्या देखिएका विरामीको मृत्यु हुने जोखिम हुन्छ । त्यसैले यस्ता लक्षणहरु देखिएमा तुरुन्त अस्पतालमा आकस्मिक कक्षमा लगेर उपचार गराउनुपर्छ ।
मुटुको चाल यसरी नियन्त्रित राख्न सकिन्छ
जन्मजात मुटुरोगको समस्याको समाधानभनेको चिकित्सकिय उपचार नै हो । तर खानपान र अस्वास्थकर जीवनशलीका कारण हुने मुटुको चाल गडबढीलाई भने हामीले नियन्त्रण गर्न सक्छौं । मुटुको चाललाई नियन्त्रित राख्न स्वास्थ्य जीवनशैली अपनाउनु पर्छ । डा. राउतका अनुसार मुटुको चाल गडबढी हुने समस्याबाट यसरी बच्च सकिन्छ ।
– नियमित रुपमा शारीरिक व्यायम गर्ने ।
– बढी चिल्लो,पिरो, नुन र मसला भएको खाना नखाने ।
– धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन नगर्ने ।
– मदिरा सेवन कम गर्ने ।
– उच्च रक्तचाप, सुगरको समस्या भएका व्यक्तिहरुले नियमित औषधी सेवन र स्वास्थ्य परिक्षण गरी रोग नियन्त्रणमा राख्ने ।
– माटोपना नियन्त्रण गर्ने ।
– गर्भवती अवस्थामा धुम्रपान, अल्कोहल सेवन गर्ने महिलाले जन्माएको शिशुमा जन्मजात मुटुको चाल गडबढीको समस्या हुने हुँदा गर्भवती महिलाले खानपिनमा विषेश ध्यान दिने ।