वायुमण्डलको प्रभावका कारण मुलुकभर चिसो बढ्यो ,न्यूनतम तापक्रम नै ८ दशमलव २ डिग्री…

  • प्रकाशित मिति: सोमबार, कार्तिक १२ २०७५
  • तामाकोसी खबर

कार्तिक १२/ दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ । उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो ।
धुँवाधुलोले गर्दा पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद्हरूले बताएका छन् ।



अघिल्लो वर्ष १० कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यसपटक ८ दशमलव २ डिग्रीमा झरेको छ । शनिबारभन्दा आइतबार अझ तपक्रम घटेरे ८ डिग्रीमा झरेको महाशाखाले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । राजधानी दैनिकमा खबर छापिएकाे छ

अबको केही समयमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुने मौसमविद् अर्यालले बताए । ‘सिजनल इफेक्ट’ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो,’ उनले भने, ‘तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ ।

दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ ।’ तापक्रम घटेकाले उपत्यकामा चिसो महसुस गरिएको छ । यद्यपि, दिउँसोको समयमा भने तापक्रम केही बढी छ ।