प्रधानमन्त्रीको स्वास्थ्य बारे सचिवालयले जारी गर्‍यो यस्तो विज्ञप्ति…

  • प्रकाशित मिति: आइतबार, कार्तिक ११ २०७५
  • तामाकोसी खबर

काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनको सचिवालयले जनाएको छ । प्रेस सल्लाहकार कुन्दन अर्यालले आइतवार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओली निवासमै आराम गरिरहेको जानकारी दिएका हुन् ।

‘मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ हुनुभएका कारण चिकित्सकको सल्लाहबमोजिम विगत दुई दिनदेखि नियमित भेटघाट र बैढकबाट टाढा रही निवासमै आराम गरिरहनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।



विज्ञप्तिमा आइतवार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने जानकारीसमेत गराइएको छ ।

संक्रमण बढ्नसक्ने भन्दै सचेत रहन डाक्टरले सल्लाह दिएपछि ओली शनिवारको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका थिएनन् ।

बिज्ञप्ति