कार्तिक १०/ हामी प्राय गाईको दुधबाट बनाइएको घिउ खाइरहेका हुन्छौं । हामी खानाको स्वाद बढाउनको लागी घिउ खाने गर्दछौ तर हामीलाई गाईको घिउले कुनकुन रोगबाट बचाउँछ भन्ने कुरा थाहानहुन सक्छ ।
गाईको घिउलाई विभिन्न घरेलु उपचारमा पनि प्रयोग गर्न सकिन्छ ।
गाईको घिउले हामीलाई यी विभिन्न रोगहरुबाट बचाउँछ ।
कानको पीडा कानको जाली बिग्रँदा असाध्यै पीडा हुन्छ र सुन्ने शक्ति पनि कमजोर हुन्छ । तर गाईको घिउका केही थोपा नाकमा दिनदिनै हाल्ने गर्नुभयो भने फाइदा हुन्छ ।
हातगोडा पोल्ने हातगोडा पोल्ने समस्या आइलागेमा गाईको घिउ पाइतलामा मालिश गर्दा ठीक हुन्छ ।
बाडुली लामो समयसम्म बाडुली लागेर समस्या आएमा आधी चम्चा गाईको घिउ खानुस् । तत्कालै बाडुली बन्द हुन्छ ।
कपाल झर्ने कपाल झर्ने समस्या आजकल धेरैले भोगिरहेका छन् । धेरै महिलाहरू यसबाट ग्रस्त छन् । यसबाट बच्नका लागि दिनदिनै गाईको घिउ एक चम्चा खाने गर्नुस् ।