भर्खरै बालाजुमा ट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु …

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक ९ २०७५
  • तामाकोसी खबर

कार्तिक ०९/ काठमाडौँको बालाजुस्थित लोलाङमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जनाको घाइते भएका छन् ।

मृत्यु हुनेमा ७० वर्षीय तिलकुमारी तिवारी, ३ वर्षीय बालक अजित तिवारी रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीय सावित्री पुडासैनीको उपचार भइरहेको छ ।



ना ६ ख ७८२६ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।