नायिका थापाको गयो ज्यान,थापाका श्रीमान भने घाईते

  • प्रकाशित मिति: बिहिबार, कार्तिक ८ २०७५
  • तामाकोसी खबर

काठमाडौँ- एम रेडियोकी प्रस्तोता तथा अभिनेत्री रुपा थापा मगरको स्कुटर दुर्घटनामा परी ज्यान गएको छ । ११ दिन अघि मात्रै रुपाको बिहे महेश पुनसँग भएको थियो ।उनि नेपाल मगर संघ पाल्पाकी निवर्तमान अध्यक्ष समेत हुन्।माईतीमा दुलान फर्काएर घर फर्किने क्रममा रुपा सवार लु ३७ प ३०९० नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जिपले ठक्कर दिदा स्कूटरमा सवार रुपाको ज्यान गयको हो । भने उनको श्रीमान महेश घाइत भएर लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पामा उपचार भैरहेको छ ।रुपाले मगर भाषाको चलचित्र लर्फु ९पछ्यौरी० बाट नायिकाको रुपमा अभिनय यात्रा सुरु गरेकी थिइन्।