चाम्बोट टोल सुधार समितिले गरे दशै तिहार विशेष भव्य कार्यक्रम

  • प्रकाशित मिति: सोमबार, कार्तिक ५ २०७५
  • तामाकोसी खबर

रामेछाप, कार्तिक ५ गते ।
रामेछाप नगरपालिका वडा नम्बर दुई देउरालीको चाम्बोट टोल सुधार समितिले दशै तिहार विशेष बृहत सास्कृतिक कार्यक्रम आयोजना गरेको छ । वडा कार्यालय देउरालीको विशेष सहयोग तथा सृजनशिल साउण्ड सर्भिर मन्थली र प्रगतिशिल युवा समाज देउरालीको प्रायोजनमा कार्यक्रम भएको हो ।
देउराली बसपार्क चाम्बोटमा आइतबार आयोजित उक्त कार्यक्रममा विजया दशमी तथा शुभ दिपावलीको अबसर पारी शुभकामना आदान–प्रदान, सास्कृतिक



प्रस्तुति तथा समाज परिवर्तन मुलक प्रहसन प्रस्तुत गरेको थियो ।
राष्ट्रिय कलाकारहरु बालकुमार श्रेष्ठ, तिर्थविरक्त पाख्रिन, हरिबहादुर काफ्ले मगर, नविन पुलामी मगर, रामविपि मगर, यसोदा रखाल लगाएत स्थानिय कलाकारहरुको प्रस्तुतिले कार्यक्रम थप रोचक बनेको थियो ।
चाम्बोट टोल सुधार समितिका संयोजक दिपक सुनुवारको सभापतित्वमा रहेको उक्त कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, बुद्धिजिवीहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि एवं २ नम्बर वडाका वडाध्यक्ष निरकुमार श्रेष्ठले समाजमा विद्यमान कुरिति कुशस्कारलाई निर्मुल पार्न चाम्बोट टोल सुधार समितिले ठुलो भुमिका खेलेको बताए । उनले यस्ता समाज परिवर्तन मुलक नाटक, प्रहसन, सास्कृतिक अन्य कार्यक्रमहरुको निरन्तर आबश्यक रहेको बताए ।

कार्यक्रमको रेडियो तिनलाल एफ एम ८८.६ मेगाहर्ज र तामाकोसी अनलाइन डट कम मिडिया पार्टनरको रुपमा रहेको थियो ।