सिन्धुली । असोज ७ गते,
सिन्धुलीको ग्रामीण क्षेत्रका पशुपालक किसानले दसैंका लागि खसी–बोकाको बिक्री सुरु गरेका छन् । नेपालीको महान चाड दसैंका लागि खसीबोका भित्र्याउन व्यापारीको चहलपहल भएसँगै सिन्धुलीका पशुपालक किसानले पनि खसीबोकाको बिक्री सुरु गरेका हुन् । व्यावसायिक रुपमा बाख्रापालन व्यवसाय सञ्चालन गरेका गाउँका किसानले खसीबोका बिक्री गरी दसैंका लागि खाद्यान्न र लत्ताकपडा किन्ने गरेका छन् । 
जिल्लामा यस वर्ष जिउँदो खसी प्रतिकिलो ५ सयदेखि ६ सय रुपैयाँमा बिक्री भइरहेको छ । त्यसैगरी प्रतिकिलो ७ सयदेखि ९ सय रुपैयाँका दरमा बोका बिक्री भइरहेको छ । व्यापारीहरुले यस वर्षको दसैंका लागि सिन्धुलीमाडीबाट काठमाडौं, पोखरा, जनकपुरलगायतका विभिन्न स्थानमा करिव ६५ हजार खसीबोका निर्यात गर्ने जनाएका छन् ।
सिन्धुलीमा दसैंका लागि खसी–बोका बिक्री सुरु
- प्रकाशित मिति: आइतबार, असोज ७ २०७५
- तामाकोसी खबर