रामेछाप । असोज २ गते, गम्भीर विक,
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले पाँचौं राष्ट्रिय परिवार नियोजन दिवस ¥याली तथा कोण सभा कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा पालिकाले विभिन्न संघसंस्था तथा विद्यालयसँग समन्वय गरी ¥याली निकालिएको थियो । पालिकाका जनप्रनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, स्वास्थ्य कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका सहितको ¥याली बजार परिक्रमा गरेर स्वास्थ्य चौकी रस्नालुको प्राङ्गणमा आई कोण सभामा परिणत भएको थियो । 
किशोर किशोरीको सहभागिताः परिवार नियोजनको सुनिश्चितता भन्ने मुख्य नाराको साथ मनाइएको सो कार्यक्रमलाई नेपाल सी.आर.एस कम्पनीले सहयोग गरेको थियो । कम्पनीले दुर्गम क्षेत्र अभियान कार्यक्रम मार्फत परिवार नियोजनको क्षेत्रमा विभिन्न कार्यक्रम गर्न गाउँपालिकालाई सघाउँदै आइरहेको छ । कार्यक्रममा कम्पनीका जिल्ला संयोजक भुवन थापाले परिवार नियोजनका आधुनिक प्रविधि, नियोजन सम्बन्धी समाजमा भएका भ्रमणहरु बारेमा प्रट्याउँदै त्यस्ता भ्रममा नपर्न सहभागीलाई आग्रह गरे ।
कोण सभालाई सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार राईले नेपालमा कर र यौन शिक्षाबारे खुलेर छलफल हुने नगरेको भन्दै परिवार नियोजनको कार्यक्रम लक्षित वर्गसम्म पुग्नेगरी प्रचारप्रसार गर्न सुझाव दिए । नेपालले दिवस मनाउन थालेको ५ वर्ष पुगेपनि सवै पक्षलाई समेटी गाउँपालिकाले भने पहिलो पटक यो दिवस मनाएको हो ।
गाउँपालिकामा पहिलो पटक परिवार नियोजन दिवस
- प्रकाशित मिति: बुधबार, असोज ३ २०७५
- तामाकोसी खबर