रामेछाप । भदौ २९ गते,
आज ३९ औँ बाल दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मन्थली नगरपालिका —११ गेलुमा रहेको शारदा माध्यामिक विद्यालयले सावाँडाडा बजारमा ¥याली समेत निकालेको थियो ।
त्यसैगरी विद्यालयका विद्यार्थीहरुले बाल अधिकार,बाल बिवाहको अन्त्य जस्ता चेतनामूलक विषयबस्तुमा आधारित सडक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा १ देखी ४ सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कार्यक्रममा मन्थली नगरपालिका —११ गेलुका वडा अध्यक्ष भिम बहादुर थापा मगरको प्रमुख आतिथ्य तथा वडा नम्बर १२ का वडा अध्यक्ष कृष्णहरी अधिकारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष कृष्णहरी अधिकारीले बाल अधिकार संरक्षणको विषयमा वडा कार्यालयको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा भित्रका कुुनै पनि बालबालिका संरक्षण, शिक्षा र स्वास्थ्य बाट बञ्चित हुन नपर्ने बताउनुभयो । 
मन्थली नगरपालिका १२ को श्री माध्यामिक विद्यालय सिक्रलमा पनि विभिन्न कार्यक्रमको आयोजना बाल दिवस मनाइएको विद्यालयका प्रधानध्यापक पवनराज खड्काले बताए । कार्यक्रममा शिक्षक, विद्यार्थी,अभिभावक लगायतको उपस्थित रहेको थियो ।
त्यस्तै बाल दिवसको अवसरमा रामेछापकैे रामेछाप नगरपालिका ८ रामेछाप बजारमा रहेको गौरीशंकर माध्यामिक विद्यालयमा वक्तृवकला ,विद्यालय परिसर सरसफाई, गरियो । कार्यक्रममा वक्ताहरुले वालअधिकारको विषयमा आफ्नो धारणा राखेको विद्यालयका प्रधानध्यापक निर बहादुर कार्कीले जानकारी दिनुभयो । यसैगरी रामेछापकै लिखुतामाकोशी गाउँपालिका ६ खिम्तीमा रहेको तामाकोशी जनजागृत माध्यामिक विद्यालयमा प्रवचन, नृत्य र साँगितीक कार्यक्रमको आयोजना गरिएको थियो ।
त्यस्तै बाल दिवसकै अवसरमा मन्थली नगरपालिका ४ सालु गैराथोकमा गैराथोक युवा क्लवले वडा स्तरीय बाल नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा ५ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगी मध्ये दिपज्योती अंग्रेजी आवासिय विद्यालय प्रथम,सेतीदेवी माध्यामिक विद्यालय सालु द्धितिय, सिद्धेश्वर माध्यामिक विद्यालय तृतिय र सेतीदेवी आधारभुत विद्यालयका विद्यार्थी सान्त्वना भएका थिए । विजयी विद्यालयका विद्यार्थीहरुलाई मन्थली नगरपालिका कार्यपालिका सदस्य ममिता श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको स्थानीय राम वि.पि मगरले जानकारी दिए ।
त्यस्तै सदरमुकाम मन्थलीमा पनि विविध कार्यक्रमको आयोजना गरी बाल दिवस मनाइएको छ । मन्थली नगरपालिकाको आयोजनामा विहान मन्थली बजारमा चेतनामूलक र्याली निकालिएको थियो । र्यालीमा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का , नगरपालिका प्रमुख रमेश कुमार बस्नेत ,उपप्रमुख माया कुमारी कार्की , प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा , विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
त्यस्तै रामेछापको उमाकुण्ड गाउँपालिका प्रितीमा रहेको चण्डेश्वरी माध्यामिक विद्यालय मा पनि गाउँपालिका व्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सात वटा विद्यालयले भाग लिएका थिए । नेपालमा बाल अधिकारको अवस्था र चुनौती बिषयमा विद्यार्थीहरुले आफ्नो वक्तव्य राखेका थिए । कार्यक्रमका प्रतियोगी मध्ये चण्डेश्वरी मा.विका छात्र कमल तामाङ प्रथम ,जनता मा.वि कुभुकास्थलीका छात्रा सन्ध्या बस्नेत द्धितिय चण्डेश्वरी मा.वि की छात्रा मञ्जु तामाङ तृतिय र कैलेश्वर मा.वि गुप्तेश्वरकी सरिना सुनुवार भएको स्थानीय सम्झना गौतम ले जानकारी दिए । विजयी विद्यार्थीहरुलाई प्रथम, द्धितिय, तृतिय र सान्त्वना लाई क्रमश १० हजार,८ हजार,५ हजार र २ हजार प्रदान गरिएको थियो ।
आज ३९ औँ बाल दिवस , रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो
- प्रकाशित मिति: शुक्रबार, भाद्र २९ २०७५
- तामाकोसी खबर