जिसस रामेछापका अधिकृत माथि छुरा प्रहार घटनाको अनुसन्धनमा ढिलाई भएको भन्दै इन्सेकको ध्यानाकर्षण

  • प्रकाशित मिति: बिहिबार, भाद्र २८ २०७५
  • तामाकोसी खबर

रामेछाप । भदौ २८ गते ,
जिल्ला समन्य समिति रामेछापका शाखा अधिकृत नारायण सुवेदी माथि छुरी प्रहार भएको घटनाको सत्य तथ्य सार्वजनिक हुन ढिलाई भएको भन्दै इन्सेकले सम्बन्धि सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
इन्सेक ३ नं प्रदेशकार्यालयबाट आएको टोलीले रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्र, प्रहरी प्रमुख अमरेन्द्र बहादुर सिंह, जिल्ला समन्य समिति, कर्मचारीहरुका पेशागत संगठनका प्रमुख, परिवारका सदस्यहरुहरुलाई भेटी घटनाको बारेमा जानकारी लिएको थियो ।
टोलीले सम्बन्धित निकायलाई घटनाको छिटो छानविन गरी दोषिलाई कारबाहीको दायरामा ल्याउन पनि आनुरोध गरेको थियो ।
शाखा अधिकृत सुवेदीलाई गएको भदौ ६ गते राति आप्mनै घरमा सुति रहेको अवस्थामा अज्ञात व्यक्तिले छुरी हानेका थिए । घाइते सुवेदीको उपचार भई रहेको छ ।