रामेछाप । भदौ २४ गते,
मौसम परिवर्तनसंगै रामेछापमा रुघाखोकी र ज्वोरोका बिरामीहरु बढ्न थालेका छन् । गर्मी मौसम हटेर जाडो मौसम सुरु हुन थालेसंगै रुघााखोकी, ज्वोरो, टाईफाईट लगायतका बिरामीहरु बढ्न थालेका हुन् । केही दिन यतादेखि टाइफाइड रोगका बिरामीहरुको संख्या स्वास्थ्य संस्थाहरुमा बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 
रामेछापको सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा भर्ना गरेर नै उपचार गर्नुपर्ने टाईफाईटका बिरामी मात्रै दैनिक ५ देखी ७ जनासम्म आउने गरेको त्यहाँका स्वास्थ्यकर्मीले बताए । सामान्य उपचारको लागि समेत दैनिक १० जनासम्म सेवा लिन आउने गरेको अस्पतालका हेल्थ असिस्टेन सरोज आचार्यले बताए । उनका अनुसार सामान्य अवस्थामा मानिसहरुले रुघाखोकी लाग्ने वित्तिकै स्वास्थ्यको ख्याल नगर्ने भएकाले टाइफाइड हुने गरेको पाइएको छ ।
,धेरै गारो भएपछि मात्र बिरामीहरु सेवा लिन आउने गरेको आचार्यले जानकारी दिए । मौशम परिवर्तनको बेलामा खानपान तथा सरसफाईमा ध्यान दिन उनले आग्रह गरे । उलने पानी उमालेर पिउन, बासी खानेकुरा नखान, घरवरिपरी सरसफाई गर्न, बढी चिल्लो भएको खानेकुरा नखान, अमिलो पिरो कम खान र पर्याप्त झोलिलो खानेकुरा खान आग्रह गरे । त्यस्तै सडक र धुलोमा हिँड्दा मुख र नाकलाई धुलो बाट जोगाउन माक्सको प्रयोग गर्न र समस्या देखिनि बित्तिकै नजिकैको स्वास्थ्य संस्थाबाट सेवा लिन समेत उनले सुझाव दिए ।
मौसम परिवर्तनसंगै रामेछापमा ज्वरो र टाईफाईटका बिरामी बढे
- प्रकाशित मिति: आइतबार, भाद्र २४ २०७५
- तामाकोसी खबर