काठमाडौं । भदौ २३ गते,
गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्क्विहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि भएको छ । हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थापाले पनि र्सुन्चेत भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकोप्टर भेट्टाएको पुष्टि गरे ।
दुर्घटनास्थल ५ हजार ५०० फिटको उचाइमा रहेको सो कार्यालयले बताएको छ । क्याप्टेनसहित सातजना सवार सो हेलिकोप्टर उडेको केही बेरमै सम्पर्क्विहीन भएको थियो । हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाउनेमा क्याप्टेन निश्चल केसी, जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ रहेको बताइएको छ ।
काठमाडौंमा अनुमानित आगमन समय बिहान ८ः२० मा रहेको सो हेलिकोप्टर ८ः०५ मा सम्पर्क्विहीन भएको विमानस्थल कार्यालयले जनाएको छ । खोज तथा उद्धारका लागि अल्टिच्युड एयरकै एक र श्री एयरलाइन्सको दुई गरी तीन हेलिकोप्टर परिचालन गरिएको छ । हेलिकोप्टर के कारणले दुर्घटना भएको हो भन्ने प्रष्ट भइसकेको छैन । उद्धारकर्मीहरु घटनास्थलतर्फ परिचालन गरिएको र यात्रुको अवस्थाबारे जानकारी आउन बाँकी रहेको जनाइएको छ ।
हेलिकोप्टर दुर्घटनामा परी रामेछापका डिल्लीबहादुर गुरुङको ज्यान गयो
- प्रकाशित मिति: शनिबार, भाद्र २३ २०७५
- तामाकोसी खबर