सञ्चारमाध्यमले महिलाका मुद्दालाई गम्भिर रुपमा उठाउनु पर्नेमा रामेछापका जनप्रतिनिधिहरुको जोड

  • प्रकाशित मिति: शनिबार, भाद्र २३ २०७५
  • तामाकोसी खबर

रामेछाप । भदौ २३ गते,
रामेछाप जिल्लाका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुले सञ्चारमाध्यमहरुले महिलाका मुद्दाहरुलाई गम्भिर रुपले उठाउनु पर्नेमा जोड दिएका छन् । रेडियो तीनलला एफलएमले शुक्रबार मन्थलीमा आयोजना गरेको सञ्चारमाध्यम र महिलाका मुद्दा विषयक छलफल कार्यक्रममा महिला जनप्रतिनिधिहरुले सो कुरा बताएका हुन् ।
रेडियो तीनलाल एफएमको सञ्चालक संस्था एभरग्रिन सुनापति मिडिया प्रालिका अध्यक्ष पशुपतिबहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाकी उपप्रमुख मायाँ कार्कीले स्थानीय सञ्चामाध्यमहरु महिलाका समस्या राख्ने र समस्याको समाधान पूmकाउने थलोको रुपमा स्थापीत हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाले महिला जनप्रतिनिधि तथा स्थानीय तहको न्यायीक समितिले गरेको कामले संचारमाध्यममा स्थान नपाएको गुनासो गरिन् ।
खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले महिलाले गरेका कामलाई सञ्चारमाध्यमले समेट्दा समाजमा पनि सकारात्म प्रभाव पर्ने बताइन् । त्यस्तै दोरम्बा गाउँपालिकाकी उपाध्यक्ष कृषला घिसिङले महिला विकासमा पुरुष सहभागितालाई समेट्ने गरी सञ्चारमाध्यम अघि बढ्नु पर्नेमा जोडदिइन् । त्यस्तै गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष राधिका श्रेष्ठ नेवारले महिलाहरुका विषयले अहिले पनि सञ्चारमाध्यममा प्राथमिकता नपाएको बताइन् । उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्कीले संविधानको मर्म अनुसार हरेक तहमा महिला सहभागिता बढाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।
कार्यक्रममा महिला जनप्रतिनिधिहरुले आपूmहरु जिल्लाका सञ्चारमाध्यमहरुसँग समन्वय गरेर अघि बढ्न तयार रहेको बताए ।
एभरग्रिन सुनापति मिडिया प्रालिका सचिव उज्वल सुवेदीले महिला जनप्रतिनिधिहरुको राय बुझ्नकै लागि छलफल कार्यक्रमको आयोजना गरेको बताए । उनले महिला जनप्रतिनिधिहरुबाट आएका सुझावलाई समेटेर रेडियो कार्यक्रम उत्पाद गर्ने तयारी रहेको समेत जानकारी दिए ।