काठमाण्डौ । भाद्र २० गते,आप्रिल अधिकारी,
सानै उमेरमा मृगौलाको क्यान्सर रोगका कारण पिडित बनेका झापा दमक नगरपालिका ३ स्थायी घर भई हाल उपचारका लागि काठमाण्डौ बस्दै आएका ४ बर्षिया बालक रिदम रेग्मीलाई उपचारका लागि आर्थिक सहयोग जुटाउनका लागि सामाजिक संजालमार्फत चलाइएका अभियानबाट जुटेको ७७ हजार ४ सय रुपैया मंगलबार हस्तान्तरण गरिएको छ । उक्त रकम एभरेष्ट सपोर्ट नेपालले फेसबुक ग्रुपकी सदस्य रामेछाप जिल्ला मन्थली नगरपालिका १ की मन्दिरा शाहीले बालकका बुबा सुरेन्द्र रेग्मीलाई उनीहरु बस्दै आएको काठमाण्डौको गल्फुटार स्थित कोठामा नै पुगेर हस्तान्तरण गरेकी छिन ।
सेवा नै धर्म हो भन्ने मुल नारा बनाएर एभरेष्ट सपोर्ट नेपालले फेसबुक ग्रुपबाट एक महिनाको अवधिमा उक्त रकम संकलन गरिएको ग्रुपका संचालक जनक कार्कीले जानकारी दिए । भापामा जन्मिएका रिदम करिब १ बर्ष अघि पेट दुख्यो भने पछि स्वास्थ्यसंस्थामा जचाउन लग्दा बच्चाको मृगौलामा समस्या छ तत्काल काठमाण्डौ लानुस भनेर उपचारका लागि काठमाण्डौ आएका उनका अभिभाबकहरु एक बर्ष देखि काठमाण्डौमा नै बसेर छोरोका उपचार गराइ रहेका छन । मृगौलामा समस्या देखिए पछि उपचार गर्नका लागि एक बर्ष अघि काठमाण्डौ आएका उनका बाबुआमाले छोराको शल्यक्रिया गरे । शल्यक्रियाको क्रममा बालकको एउटा मृगौलाले कामै नगर्ने भएपछि चिकित्सकले फालिदिए । पहिलो चरणको शल्यक्रिया सफल भएता पनि चिकित्सकले अर्को मृगौला पनि समस्या आउन सक्ने जानकारी चिकित्सकले आफुहरुलाई गराएको बालकका बुवा सुरेन्द्रले बताए । चिकित्सकले बताए झै केही समयदेखि छोराको अर्को मृगौलामा समेत समस्या देखिएको र धेरै मुस्किलका साथ उपचार गराइ रहेको रिदमका बुबा सुरेन्द्र रेग्मीले बताए । यतिबेला उनले काठमाण्डौमा नै बसेर महंगो मानिने किमो मार्फत छोराको उपचार गराई रहेको छन । उनले एक बर्षको अवधिमा २७ वटा किमो गरि सकेको जानकारी दिए । यस बर्ष पनि ४ वटा थप गरे मंगलबारसम्म ३१ औ किमो गराएको उनले बताए । रेग्मीले भने अझै कति गर्नु पर्ने हो कुनै पत्तो छैन । छोरा बचाउनका लागि आफैले सबै जोरजाम गरेर १५ लाख जति त खर्च गरिसके, झापामा संचालनमा रहेको पसल समेत विक्री गरेर छोराको उपचारका लागि खर्च गरे, अझै ठिक हुने कुनै अत्तोपत्तो छ्रैन चिन्तित हुदै रेग्मीले भने । अव त आफुसंग छोराको उपचार गर्ने सामथ्र्य समेत मरि सकेको उनले बताए ।
उनले भने चिकित्सकले पछि देखा परेको समस्यामा पनि नयाँ औषधी चलाए पछि केही सुधार आएको बताएका त छन तर खै अझै कति के हुन्छ भन्न सक्ने अवस्था छैन । आफूसँग केही नभएर निराश हुने अवस्थामा सहयोगी हातहरुबाट जुटेको आर्थिक सहयोग पाउदा आफूलाई खुशी लागेको र उपचारमा केही सहज हुने उनले बताए । यही सहयोगले उपचारमा थप टेवा पुग्ने उनले बताए । उनले निराश हुदै भने सकुन्जेल र हुन्जेल सबै गरे अब त आफैले हरेश खाने बेला आयो । रेग्मीले आफ्नो छोराको कान्ति बाल अस्पतालमा निरन्तर उपचार गराइ रहेका छन ।
दुबइमा बसेर भएपनि एभरेष्ट सपोर्ट नेपाल नामक ग्रुप बनाएर सहयोगी भावनाका साथ अभियान संचालनको सूरुवातकर्ता जनक कार्कीले रिदमका लागि उसको ज्यान बचाउनका निमिति सामाजिक संजालबाटै नै केही गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अभियान चलाएर काम गरेको धेरैबाट सहयोग जुटेको जानकारी दिए । हालसम्म जुटेको सहयोग इमान्दारिताका साथ पिडित सम्म पु¥याउने काम गरेको अझै सहयोग जुटने क्रम पनि जारी रहेको कार्कीले बताए । कार्कीले आगामी दिनमा पनि बाहिर बसेरै भएपनि दुख र पिडामा परेकाहरुलाई सहयोगको अभियान चलाउने बताए ।
मृगौला क्यान्सर भएका ४ बर्षिय बालकलाई आर्थिक सहयोग
- प्रकाशित मिति: बुधबार, भाद्र २० २०७५
- तामाकोसी खबर