एक बर्षमा वैदेशिक रोजगारमा गएका रामेछापका १४ युवाको ज्यान गयो

  • प्रकाशित मिति: सोमबार, भाद्र १८ २०७५
  • तामाकोसी खबर

रामेछाप । भदौ १८ गते,
एक बर्षमा रामेछाप जिल्लाबाट रोजगारीका लागि विदेश गएका १४ जनाको उतै ज्यान गएको छ । आर्थिक वर्ष २०७४र०७५ मा जिल्लाबाट पैसा कमाउन विभिन्न देश गएका १४ जान युवाले ज्यान गुमाएका वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्याङकमा छ । १४ जना मध्य सवै भन्दा बढि ४ जनाले मलेयिाया ज्यान गुमाएको सुरक्षित वैदेशिक रोजगारीका लागि काम गरिरहेको संस्था सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र रामेछापले जनाएको छ ।
यस्तै साउदी अरव २ जना ,दुवइमा १ जना, कुवेतमा १ जना ,कतारमा १ जना र साइप्रसमा १ जनाले ज्यान गुमाएका छन् । जिल्लाको साविकको गुप्तेश्वर गाउँविकास समिति वडा नम्बर ६ की सुना तामाङ, डडुवा २ का अशोक तामाङ, टोकरपुर ८ की यमूना मगर , सुकाजोर ७ का लोक बहादुर मगर ,सैपु २ का गंगा बहादुर सुनुवार , डडुवा ९ का सन्तोष तामाङ, खनियापानी ६ का दिपक तामाङ, चनखु ३ का धन बहादुर तामाङ र रामेछाप नगरपालिका वडा नम्बर ८ का सन्जीव साहीले विदेशमा ज्यान गुमाएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र रामेछापकी परामर्श कर्ता सिर्जना बस्नेतले जानकारी दिइन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा १४ जनाको ज्यान गएको तथ्याङक भएपनि आफुहरुले भने १० जनाको मात्रै केस हेरेको उनको भनाई छ । १४ जना मध्यक्ष पानीमा डुवेर २ , सुतेको ठाउँमा २ ,सवारी दुर्घटनामा परी २ र विरामी भएर ५ जनाको ज्यान गएको सुरक्षित परामर्श केन्द्र रामेछापको तथ्याङकमा छ ।