मन्थलीमा राडार गनको प्रयोगः तीब्र गतिमा सवारी चलाए ठाउँको ठाउँ कार्वाही हुने (भिडियो रिपोर्ट सहित)

  • प्रकाशित मिति: आइतबार, भाद्र १७ २०७५
  • तामाकोसी खबर

रामेछाप । भदौ १७ गते,
सवारी दुर्घटना कम गर्न जिल्ला ट्राफिक प्रहरीले सवारी गति मापन यन्त्र ( राडार गन ) प्रयोगमा ल्याएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जिल्लामा पहिलोपटक उक्त यन्त्र प्रयोगमा ल्याएको हो । सवारी गति मापन यन्त्र ( राडार गन’ )को आइतबार जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव निरिक्षक अमरेन्द्र बहादुर सिंहले परिक्षण गरेका थिए ।

जिल्लाको ट्राफिक व्ववस्थापनमा कडाइ गरी सवारी दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन जाँच, कागजपत्रको जाँचसँगै गति नाप्ने यन्त्रको पनि प्रयोग सुरु गरिएको प्रहरीको भनाई छ । ट्राफिक व्यवस्थापनलाई बजवुद बनाउनका लागि प्रयोगमा ल्याइएको सवारी गति मापन यन्त्र ( राडार गनको जिल्लाको सबै बजार क्षेत्रमा प्रयोग गरिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सिंहले बताए ।



समग्र देशको दुर्घटना प्रतिशतलाई हेर्दा २९ दशमलब ९३ प्रतिशत दुर्घटना तीव्र गतिका कारण हुने गरेका छन् । राजमार्गमा प्रतिघन्टा ४० किलोमिटर, बजारमा २० र उकालो एवं मोडमा १० किलोमिटरका दरले गाडी हाँक्न सकिने नियम छ । तर, लापरबाहीका कारण नियम विपरीत चलाउँदा दुर्घटना बढ्न सक्ने भन्दै सचेतना जगाउने उद्देश्यले गतिमापन यन्त्रको प्रयोग सुरु गरिएको जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले बताए ।
टाढाको दूरीमा गुडेको सवै साधनको गति क्यामेराबाट थाहा पाउन सकिने भएपछि धेरै चालक सचेत हुने अपेक्षा गरिएको उनले बताए । केहि दिनको परीक्षणपछि सडक मापदण्डविपरीत सवारी चलाउनेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

 (भिडियो रिपोर्ट )