रामेछाप । भदौ ८ गते,
रामेछापको सुृनापती–५ खनियापानी स्थाई घर भई मन्थलीमा व्यवसाय गर्दै आउनुभएको चन्द्र मानन्धरले स्वास्थ्य चौकीलाई डि फ्रिज र विद्यार्थीलाई विद्यालय सामाग्री उपलब्ध गराएका छन् ।
उनले रामेछापको सुृनापती–५ को खनियापानी स्वास्थ्य चौकीलाई एकथान डि फ्रिज उपलब्ध गराएका हुन् । त्यसै गरी सुनापाती–४ बेथानमा रहेको कुशेश्वर माविका विद्यार्थीहरुलाई आवश्यक पर्ने विद्यालय सामाग्री पनि उपलब्ध गराएका छन् ।
डि फ्रिजले स्वास्थ्य चौकीमा २४ सै घण्टा चिसोमा राख्नुपर्ने औषधी राख्न सहज हुने स्वास्थ्य चौकीले जानकारी दिएको छ । त्यसैगरी विद्यालय सामाग्रीले विपन्न वर्गका विद्यार्थीहरुको पठनपाठनमा सुधार गर्न सहज हुने र बालबालिकालाई पढाईमा ध्यान केन्द्रित गर्न सकिने विद्यालयले जनाएको छ । जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष प्रेम बहादुर खड्काले बुधबार एक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य चौकीलाई डि फ्रिज र विद्यार्थीलाई विद्यालय सामाग्री
- प्रकाशित मिति: शुक्रबार, भाद्र ८ २०७५
- तामाकोसी खबर