मन्थली, भदौ १ गते ।
मिलन क्लव नेपालद्धारा रामेछापका गरिवी एवं जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा छात्रवृद्धि वितरण गरेको छ । शुक्रबार मन्थलीमा एक कार्यक्रमको आयोजना गरी रामेछापका दश जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा छात्रवृद्धि वितरण गरिएको हो ।
शैक्षिक सामग्री तथा छात्रवृद्धि पाउनेहरुमा बुद्ध जनप्रिय माध्यामिक विद्यालय नागदह र झट्टेश्वर माध्यामिक विद्यालय धोवीका दश जना विद्यार्थीहरु रहेका छन् ।
मिलन क्लव नेपालले २०६४ साल देखिनै प्रत्येक वर्ष विभिन्न शैक्षिक सामग्रीहरु र नगद वितरण गरिदै आएकोमा यस बर्ष प्रति ब्यक्ति एक/एक थान किताब बोक्ने झोला र नगद चार हजार दूई सयको दरले छात्रवृद्धि वितरण गरिएको आयोजक संस्थाले जनाएको छ ।
विद्यार्थीहरुको सुनौलो शैक्षिक भविष्य निर्माण गर्न प्रोत्साहन स्वरुप कार्यक्रम संचालन गरेको मिलन क्लव नेपालका कार्यक्रम संयोजक भुपेन्द्र पाख्रिनले बताए ।
कार्यक्रम नेपाल भरीका रामेछाप लगाएत दोलखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमान्डौ, नुवाकोट र गोरखा गरी आठ जिल्लामा सञ्चालन रहेको संयोजक पाख्रिनले जानकारी दिए ।
