काठमान्डौ, भदौ १ गते ।
हिन्दु नारीहरुको महान चार्ड तिज आउन धेरै समय बाँकी त छैन तर तिज गितहरु एक पछि अर्काे गर्दै प्रतिस्पर्धि बजारमा आउने क्रम भने जारी छ । पछिल्लो समय बजारमा आएका तिजगितहरु मध्ये “ब्वाइफ्रेन्ड चाहियो मलाई” भन्ने गित खुबै चर्चाको शिखरमा पुगेका छन् ।
चाहे टेलिभिजन तिर होस चाहे रेडियो, पत्रपत्रिका, अनलाईन सबै तिर यसको चर्चा सुन्ने गरेको पाइन्छ । कतिपय संचारकर्मीहरुको भनाईलाई सापट लिने हो भने अहिले सम्मकै सुपरहिट तिज गित “ब्वाइफ्रेन्ड चाहियो मलाई” भन्ने हरु धेरै छन् ।
युनिक भोजराज विकको उत्कृष्ठ लय तथा शब्द सिर्जनामा रहेको उक्त गितले अहिले एफएम रेडियोहरुमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।
विभिन्न विधाका दर्जनौ गित संगित बजारमा ल्याइ लाखौ स्रोता दर्शकको मन जित्न सफल कलाकार युनिक भोजराज विक “ब्वाइफ्रेन्ड चाहियो मलाई” तिज गित फरक प्याटनको रहेको बताउछन् ।
विनोद विसी र लक्ष्मी मल्लको आवाजमा सजिएको उक्त तिज गितको विन्ध्याबासिनी म्यूजिक कम्पनीले बजार ब्यवस्थापन गरेको छ । “ब्वाइफ्रेन्ड चाहियो मलाई” गितको म्यूजिक भिडियोमा मोडल इन्द्र श्रेष्ठ, टिका, संजिव र साहिशाले उत्कृष्ठ अभिनय गरेका छन् ।
बाँकी भिडियोबाट……..