उदयपुर । साउन ३० गते,
उदयपुरको बेलका नगरपालिका–३ सप्तकोसी नदीको धौरीटप्पुमा जंगली हात्तीको आक्रमणबाट बुधबार बिहान एक जनाको मृत्यु भएको छ । ३र४ वटाको समूहमा आएका हात्तीले घरमै सुतिरहेका ३५ वर्षीय रामकुमार सार्कीलाई उठाएर ५० मिटर पर लगि च्यापेर मारेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख नविन कुमार सिंहले बताए ।
हात्तीले बिहान ३ बजे घरको टाटी फोरेर सुतिरहेका सार्कीलाई च्यापेर लगेको उनले जानकारी दिए । हात्तीको समूह कोसी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट आएको प्रहरीले जनाएको छ ।
उदयपुरमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो
- प्रकाशित मिति: बुधबार, साउन ३० २०७५
- तामाकोसी खबर