रामेछाप । साउन १४ गते,
जिल्ला विपत व्यवस्थापन समिति रामेछापको सोमबार बसेको बैठकले मन्थलीसँगै जोडिएर बगेको रणजोर खोलाले तामाकोसी नदीलाई पारेको प्रभाव खुलाउने बारेमा सहमति जुटाएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको बैठकमा सो सहमति भएको हो । रणजोर खोलाले बनाएको ठूलो बगरलाई नगरपालिकाले व्यवस्थित गर्ने सहमतिमा उल्लेख छ । त्यसको लागि नगरपालिले आप्mनो स्रोत साधनको प्रयोग गर्ने उल्लेख छ ।
रणजोर खोलाले पटक पटक ल्याउने ढुङ्गा सहितको लेदो माटोले तामाकोसी नदीलाई नै छेक्ने अवस्था आएकोले त्यसलाई व्यवस्थित गर्ने विषयमा छलफल भएको हो । बैठकमा जिल्ला समन्वय समिति रामेछापमा प्रमुख प्रेमबहादुर खड्का , मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत, नेकपाका नेता आनन्द श्रेष्ठ, नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्की लगायतका राजनीतिक दलका नेताहरु, पत्रकार, नागरिक अगुवाहरुको सहभागित रहेको थियो ।
मन्थली स्थित रणजोर खोलालाई व्यवस्थित गर्ने सहमति
- प्रकाशित मिति: सोमबार, साउन १४ २०७५
- तामाकोसी खबर